१६ कार्तिक २०८१, शुक्रबार 1730463508
समाचार

अर्घाखाँचीमा  राति ९ बजेपछि देउसी भैलो खेल्न  प्रतिबन्ध

बुटवल । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राति ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ। प्रशासनले एक सूचना जारी  गर्दै  देउसी भैलो तथा तिहारका अन्य गतिविधिमा आवश्यक सजगता अपनाउनु पर्ने र कुनै पनि प्रकारका अशान्ति र अव्यवस्थित गतिविधि हुन नदिनका लागि भन्दै यस्तो प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले परम्परागत रूपमा चलिआएको संस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ । प्रशासनले पटाका, आतिशबाजी, जुवा, तास मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ। यदि यस्तो कार्यहरूमा संलग्न पाइए कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।