काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट वडा कमिटीले अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ ।
सुनपा २ बालकोट वडा कमिटीका अध्यक्ष रोशन श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले भक्तपुर जिल्ला कमिटि सचिवालय सदस्य एवं सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भटटराईको प्रमुख आतिथ्यतामा आज बसेको जागरण अभियान तयारी बैठकले मंसिर ७ को जागरण सभालाई ब्यापक जनसहभागिताका लागि बिशेष योजनासमेत बनाएको छ ।
सोही अवसरमा जिल्ला कमिटि सचिवालय सदस्य एवं उपप्रमुख सरिता तिम्सिना भटटराईले मुलुकमा बढदो अराजकता, अस्थिरताका बिरुद्ध, सुशासन, समृद्धि र बिकाशका लागि बिधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उदेश्यका साथ जागरण सभा आयोजना गरिएको बताउनुभयो । प्रधानमन्त्रीमाथी भएको चौतर्फी प्रहारका बिरुद्ध, पार्टीले गरेका राम्रा कामको प्रचार र मुलुक निर्माणका पक्षधर जनतालाई सही कुरा जानकारी गराउने जागरण सभाको लक्ष्य रहेको उहाँको भनाइ थियो ।
सोही अवसरमा देशी बिदेशी षडयन्त्रबिरुद्ध निर्णायक हुने भन्दै जिल्ला कमिटी सदस्य गोबिन्द चौलागाईले मुलुकको हितमा आयोजित सभालाई सफल पार्न सवै शक्ति परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य मोहन कृष्ण श्रेष्ठले ७ गतेको जागरणसभा भब्य रुपमा सम्पन्न गर्न सवैको भूमिका सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष रोशन श्रेष्ठले भक्तपुरबाट बढि भन्दा बढि सहभागिता बढाउने कार्यमा सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । वडाले ७ गते बालकोट चोकमा विहान १० बजे भेला गराएर सभास्थलसम्म पुरयाउन गाडिको व्यवस्था गरेको उहाँले बताउनुभयो । बैठकले जागरण सभामा सहभागी हुन वडावासीलाई अपिल गर्दै सक्रिय सहभागी हुन र तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन समेत गरेको छ । सभामा सहभागि हुन प्रत्येक सदस्यले कम्तिमा ५ जना अन्य सदस्य सहभागि गराउनुपर्ने, बिभिन्न बहाना बनाएर जागरण सभामा सहभागी नहुने संगठनका सदस्यको रेकर्ड समेत राखिने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य प्रजुन त्रिखत्री, हिरामाया शेर्पा, विवेक श्रेष्ठले पनि जागरण अभियानका बारेमा आफना भनाइ राख्नुभएको थियो ।
वडा कमिटि सचिव गोपाल सुवेदीले संचालन गर्नुभएको बैठकमा जिल्ला कमिटीका सदस्य, नगर कमिटीका सदस्य लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।