३० भदौ २०८३, मंगलबार 1789496022
समाचार

भाइले गरे ५६ वर्षीय पुरुषको हँसिया प्रहार गरी हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या भएको छ।  भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भुवनसिंहले आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले भुवनसिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।