१ जेष्ठ २०८३, शुक्रबार 1778905665
समाचार

दाङमा बस दुर्घटना हुदा २१ जना घाइते, तीनजना गम्भीर

दाङ : दाङको घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्याल दाङका अनुसार शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीको डाँडागाउँ नजिक रा १ ख १३८२ नम्बरको बस दुर्घटना हुँदा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए। घटनाकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक घाेराही-१० का मनाेज चाैधरी फरार छन्। बस सडक देखि तीन मिटर तल खसेकाे छ।