१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:43 am
समाचार

यातायातका १८ विचौलिया पक्राउ

सूचना प्रेस २०८१ मंसिर १४ शुक्रबार ००:००, १३:२० बजे १ मिनेट पढाइ

काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साले यातायात ब्यबस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ विचौलियालाई पक्राउ गरेको छ । उनीहरुलाई यातायात व्यवस्था कार्यालय पर्सा र बसपार्कबाट पक्राउ गरिएको हो ।

यातायातमा कामबिशेषले जाने सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र बनाउनेदेखि सवारी साधनको नवीकरण तथा सवारी साधनको जाँचपास गराई दिने भनी रकम असुल्ने र बसपार्कमा यात्रीलाई अनावश्यक दुःख दिने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।