४ आश्विन २०८१, शुक्रबार 1726825813
पालिका

वडामा शुसासन, स्वास्थ्य शिक्षाको पहुँच तल्लो तहसम्म पुरयाउन मेरो उम्मेदवारी

काठमाडौं । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा एमालेबाट कृष्णमणी भटटराईको नाम सिफारिस भएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय भटटराईले वडामा शुसासन, स्वास्थ्य शिक्षाको पहुँच तल्लो तहसम्म पुरयाउन आफू उम्मेदवारीमा उठेको बताउनुभयो ।

लामो समयदेखि यस क्षेत्रको विकासमा सक्रिय भएको छु अब अध्यक्षमा निर्वाचित भएपछि शिक्षा, स्वास्थ्यको समान सहभागितामा तल्लो तहका जनतालाई समेटने मेरो उदेश्य छ, उहाँले भन्नुभयो । वडामा देखिएको झण्झट समाधान, चाबहील चोकको सवारी जामको व्यवस्थापनमा आफनो ध्यान जाने उहाँको योजनामा रहेको छ । वडाको विकास र समृद्धिका लागि थप योजना ल्याएर जनताको आधारभूत आवश्यकता पुरा गर्नेमा आफु सधै प्रतिबद्ध रहने उहाँले बताउनुभयो ।