२७ मंसिर २०८१, बिहिबार 1734011002
राजनीति

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त भएका छन् । बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि इन्स्योरेन्सको सीईओ रहेका श्रवण रावलको कात्तिक ८ गते निधनपछि करिब डेढ महिनादेखि इन्स्योरेन्स नेतृत्वविहीन रहँदै आएको थियो । नवनियुक्त सीईओ गौतमले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्नुअघि इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष आजाद श्रेष्ठले शपथ गराएका थिए ।