८ मंसिर २०८१, शनिबार 1732346360
Banner

सूर्यविनायक नगरपालिकामा एमाले उम्मेदवारको घरदैलो अभियान (फोटो फिचर)

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)सूर्यविनायक नगरपालिका मेयर, उमपेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरुले आजबाट घरदैलो अभियान शुरु गरेका छन् ।

नगरपालिकालाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु ले चुनावी घरदैलो शुरु गरेका हुन । ‘सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित आजबाट कार्यकर्ताको घरदैलोमा मत माग्न हिड्न थालेका छन् । उम्मेदवारले आज सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ बालकोटमा अभियान शुरु गरेका हुन । घरदैलो अभियानमा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, मेयर पदका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भटटराई, वडा अध्यक्षका उमेदवार विष्वराज बिष्ट, सदस्यहरुको सहभागिता रहेको थियो ।

घरदैलो अभियान बालकोटका ज्येष्ठ नागरिकहरुले टिका र खादा ओढाएर जितको शुभकामना व्यक्त गरेका थिए ।

भोट के मा ? सूर्यमा ! सूर्य कस्को ? जनताको ! भन्दै सो पार्टीका कार्यकर्ताहरु घरदैलो अभियानमा खुबै रमाइरहेका समेत देखिन्थे । करिब ५ घण्टा सम्म चलेको घरदैलो अभियानमा उम्मेद्धारले हनुमन्ते पुल , मेघा बैंक , नवदुर्गा मन्दिर , आशालाल चोक , सिलवाल चोक , रेडक्रस चोक , वास्टुटोल , वटुक भैरव मन्दिर , खड्का टोल , आन्न्दभुमी टोल , बङ्गलामुखी मन्दिरको उकालो बाट शुन्दर बस्ती , बङ्गलामुखी सहकारी , कन्सस सोसाइटी , फिक्काडोल , प्रेसेस स्कुल , झ्या टोल , बृहस्पति मार्ग , कपुर मार्ग सामाटोल , महेन्द्र शान्ति , धारापाटी , बालकोट ६ , पुवाटोल , बाट बालकोट चोकमा समापन भएको थियो ।