काठमाडौं । संघीय संसदले विभिन्न ३७ देशमा संसदीय मैत्री समूह गठन गरेको छ । सभामुख देवराज घिमिरेले बिहीबार ३७ वटै देशका लागि गठित मैत्री समूहका संयोजकसँग छलफल गर्दैछन् ।
सभामुखको सचिवालयका अनुसार पाँच वटा देशको मैत्री समूह गठनमा भने कुरा मिलेको छैन । जनमत पार्टीले संयोजक पाएका देशमा असन्तुष्टि जनाएकाले केही देशमा मैत्री समूह गठन हुन नसकेको संसद सचिवालयले जनाएको छ ।