काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको आकार ‘विशाल’ भएको टिप्पणी गरेका छन् । आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले विशाल कमिटी पार्टीका लागि अवसर र चुनौती दुवै भएको बताएको एक प्रदेश अध्यक्षले जानकारी दिए ।
हाम्रो विशाल केन्द्रीय समिति आफैँमा चुनौती हो । र, आफैँमा एउटा अवसर पनि हो’, प्रचण्डको भनाइ उदृत गर्दै उनले भने। यस्तै उनले पार्टी इतिहासको चुनौतीपूर्ण बाटोबाट आएर सम्भावनायुक्त बाटोतर्फ अघि बढिरहेको बताए । उनले पार्टी बहुदलीय प्रतिस्पर्धामा अघि बढ्दै गर्दा क्रान्तिकारी चरित्रलाई पनि कायम राख्ने चुनौती भने भएको बताए ।