काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समिति बैठक कै बिच दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो।पार्टी बैठकको आवश्यक निर्णय तयार गर्न तथा उठेका विषयहरूमाथि प्रचण्डले जवाफ दिनका लागि साझा धारणा बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिए। ती नेताका अनुसार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम २ बजे नै सकिनेछ। माओवादीको बैठक विभिन्न निर्णय गर्दै आजै सक्ने तयारी छ।