४ आश्विन २०८१, शुक्रबार 1726830554
पालिका

भोट माग्न आउने उम्मेदवारलाई मतदाताले भने, युवालाई वडाका कार्यक्रम र खेलकुदमा सहभागि गराउनु

काठमाडौं । नेकपा एमाले काठमाडौं वडा नम्वर ४ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । वडा नम्बर ४ का अध्यक्षका उम्मेदवार दिनेश महर्जनका अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मतदाता उत्साहीत छन, हामी जित्छौ ।’ घरदैलो अभियान मा मतदाताले पाँचबर्षे कार्यकालमा सार्वजनिक जग्गा जोगाउँदै, युवाका लागि खेलकुद मैदान र वडाका कार्यक्रममा सहभागि गराउन आग्रह गरेका थिए ।

घरदैलो अभियान अन्र्तगत आज धुम्बाराई मन्दिरबाट सुकेधारा उकालो, धुम्बाराई हाईट पसल परिक्रमा गरेका थिए । अभियानमा वडा अध्यक्षका उम्मेदवार दिनेश महर्जन, दलित महिला सदस्य कल्पना सार्की, महिला सदस्य सन्ध्यादेवी खनाल, खुला सदस्य नविन मैनाली, सरु अधिकारी, नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।