४ आश्विन २०८१, शुक्रबार 1726831075
पालिका

मतदाताले भने, परिर्वतनकोे पक्षमा मतदान गछौं

काठमाडौं । नेकपा एमाले काठमाडौं वडा नम्वर ३ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । वडा नम्बर ३ का अध्यक्षका उम्मेदवार प्रेम थापाका अनुसार घरदैलो अभियानमा जनताले परिर्वतनका पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएको बताउनुभो। उहाँले भन्नुभयो, मतदाता उत्साहीत छन, हामी परिर्वतनका पक्षमा मतदान गछौं भनिरहेका छन् ।

घरदैलो अभियान अन्र्तगत आज बसुन्धराहुँदै, महाराजगञ्ज पुर्व, खुर्सानीटार, धौमगाल, बाँसवारी, पश्चिम सामाखुसी र क्रान्तिमार्ग परिक्रमा गरेको थियो । घरदैलो अभियानमा वडा अध्यक्षका उम्मेदवार, सदस्यहरु, नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।