१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 3:26 am
समाचार

अपडेट : काँडाघारीबाट बरामद रक्तचन्दन ४ क्विन्टलभन्दा बढी

सूचना प्रेस २०८१ माघ २ बुधबार ००:००, ११:५० बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।

त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ । रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।