४ आश्विन २०८१, शुक्रबार 1726832075
पालिका

घरदैलोमा जाँदा मतदातामा खुसी झल्कियो

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं २ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । वडा नम्बर २ का अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार श्रेष्ठका अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ मतदाता उत्साहीत छन, हामी घरदैलोमा जादा मतदातामा खुसी झल्किएको थियो ।’ घरदैलो अभियान अन्र्तगत आज खुर्सानी टार, सरस्वती मन्दिर परिक्रमा गरेका थिए । घरदैलो अभियानमा अध्यक्षका उमेदवार, राजेन्द्र श्रेष्ठ, महिला सदस्य पुर्णलक्ष्मी रजक, ईश्वरी परियार, पदमकाजी महर्जन, बिमल गुरुग, नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।