१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 2:19 am
समाचार

रुखबाट खसेर महिलाको मृत्यु

सूचना प्रेस २०८१ माघ ३ बिहिबार ००:००, १५:०१ बजे १ मिनेट पढाइ

बाजुरा : जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताउनुभयो । मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता हुनुहुन्थ्यो ।