७ जेष्ठ २०८३, बिहिबार 1779425079
Banner

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ ।

विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) माथि छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेन्डा रहेको रावलले जानकारी दिएकी छन् ।