काठमाडौं । यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको साधारण सेयर लिलामी बिक्रीमा आउने भएको छ । माघ २१ गतेदेखि फागुन ५ गतेसम्म इच्छुकले लिलामी सेयर खरिदका लागि बोलकबोल आवेदन दिन सक्नेछन् ।
कुल ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर लिलामी बिक्री हुन लागेको हो । इच्छुकले एबीबीआई मर्चेन्ट बैंकिङको ठमेल कार्यालय तथा उपत्यकाबाहिर लाइफ इन्स्योरेन्स कर्पोरेसनका बिराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट १ सय रुपैयाँ तिरेर फारम लिन र आवेदन दिन सक्नेछन् ।
न्यूनतम १ सय कित्ताका लागि बोलकबोल आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत जनाएको छ । ५ लाख रुपैयाँमाथिको आवेदन दिनेले भने प्यान नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ । यसअघि कम्पनीले १ बराबर ०.८८ अनुपातका दरले हकप्रद सेयर निष्कासन गरेको थियो ।