३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:25 am
Banner

माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्‍यो

सूचना प्रेस २०८१ माघ २० आइतबार ००:००, ११:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ । बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सरेको छ । नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका थिए । तर प्रचण्ड गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।