काठमाडौं-ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोध गर्दै आइरहेको मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति साथै अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ।
मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०-२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ।
बन्दले खासगरी यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ। संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्कीएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगाएतका नारा लगाइरहेका छन् ।
केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ परिएको अवस्था रहेको जनाएको छ। कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा तैनाथी बढाइएको बताउनु भयो ।
प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तर्फ यातायात संचालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरुमा सवारी संचालनमा अबरोध भइरहेको अबस्था रहेको छ। जहाँ प्रहरीले सहजीकरण गरिरहेको अबस्था छ ।