काठमाडौं । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी विधेयक दर्ता भएको छ । संसदमा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको हो । सरकारले सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दुई विधेयक दर्ता गराएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई विधेयक दर्ता गराएका हुन् ।
संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ आइतबार दर्ता भएको हो ।