२७ भदौ २०८३, शनिबार 1789233705
अर्थ

आई.एम.ई. लाइफ इन्स्योरेन्सलाई तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’

काठमाडौं । आई।एम।ई। लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ मा तीन विधामा अवार्ड जित्न सफल भएको छ।

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला सहभागिता अवार्ड जितेको हो।

यो प्रतिष्ठित अवार्ड स्वतन्त्र तथा विशिष्ट निर्णायकहरूको निर्णयका आधारमा प्रदान गरिएको हो। अवार्डले आई।एम।ई। लाइफको ग्राहक(केंद्रित सेवा, नवप्रवर्तनकारी रणनीति र सहभागी नेतृत्वको कदर गरेको छ। नेपालमा बीमा सचेतना अभिवृद्धि, आधुनिक प्रविधिमैत्री सेवा र महिला नेतृत्वको प्रवर्द्धन गर्ने लक्ष्यलाई यस सम्मानले थप हौसला प्रदान गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपालबाट आई।एम।ई। लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वक्ताका रूपमा सहभागी भए। साथै, बीमा क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञ जिम विचर्ड, आइसिसीका डाइरेक्टर जनरल डा। राजीव सिंह र पीडब्लुसीका ग्लोबल इन्स्योरेन्स लिडर अतनु सेन ले विशेष सम्बोधन गरेका थिए।