३१ जेष्ठ २०८३, आइतबार 1781478708
अर्थ

सिद्धार्थ बैंकद्वारा मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशमा विप्रेषण प्रापक र वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बिफक्याप नेपालको व्यवस्थापनमा आयोजित कार्यक्रममा १०३ जना सहभागी भएका थिए। नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदी ले प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रम विवरण

माघ २१स् बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवाना, विप्रेषण प्रापकलाई लक्षित, ५१ जना सहभागी।
माघ २२स् पर्साको वीरगञ्ज महानगरपालिका–१ बेल्वा, वैदेशिक रोजगारीका युवालाई लक्षित, ५२ जना सहभागी।
कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार, बचत, लगानी, विप्रेषणको सही प्रयोग, वित्तीय योजना, गुनासो व्यवस्थापन लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।

सिद्धार्थ बैंकले वित्तीय साक्षरतालाई प्राथमिकतामा राखी विभिन्न लक्षित समूहहरूलाई सचेतना कार्यक्रम र बैंक शाखा भ्रमण गराउँदै आएको छ। बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।