ललितपुर । ग्लोबल मोटर्सले बालकुमारीमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए। ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ। जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ।\

त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शारूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ। बालकुमारीमा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले जनाएका थिए ।
“टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।


