११ आश्विन २०८३, आइतबार 11:21 pm
अर्थ

एनएमबि बैंकको सीइओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वरिष्ठ नायब कार्यकारी अधिकृत गोविन्द घिमिरेलाई सीइओ बनाउने निर्णय गरेको हो ।

दुई कार्यकाल बिताएका सीइओ सुनिल केसीको पदावधि चालु महिनाको मसान्तमा सकिँदै छ।

एक दशकभन्दा बढी समयदेखि एनएमबि बैंकमा आबद्ध घिमिरे कर्जा बैंकिङमा विशेष अनुभवीका रुपमा चिनिन्छन्।