४ आश्विन २०८१, शुक्रबार 1726826716
पालिका

अधुरा काम पुरा गर्न मेरो उम्मेदवारी : रश्मी खड्का गुरुङ्ग

काठमाडौं । नेकपा एमाले काठमाडौं वडा नम्वर १४ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । वडा नम्बर १४ का अध्यक्षका उम्मेदवार रश्मी खड्का गुरुङ्गका अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मतदाता उत्साहीत छन, हामी जित्छौ ।’ घरदैलो अभियान मा मतदाताले पाँचबर्षे कार्यकालमा सार्वजनिक जग्गा जोगाउँदै, युवाका लागि खेलकुद मैदान र वडाका कार्यक्रममा सहभागि गराउन आग्रह गरेको उहाँले बताउनुभयो ।

यसअघि पनि वडा सदस्यका रुपमा रहेर कार्य गर्दा ८० प्रतिशत काम सकिएको र अब २० प्रतिशत बाँकी कार्य पुरा गर्न आफु फेरि नेतृत्वमा आउन चाहेको उहाँले बताउनुभयो । वडाका बाँकी रहेका कार्य पुरा गर्दै खानेपानी, ढल शिक्षा, स्वास्थय, ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था अगाडि सारिने उहाँले बताउनुभयो । उहाँले आफूसँगै आफनो टिममा रहेका उमेदवारहरुलार्ई जिताउन अपिल गर्नुभएको छ ।