३ जेष्ठ २०८३, आइतबार 1778998777
राजनीति

स्थानीय सरकारले गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको बताएका छन् । नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः किरणराज विष्ट/रासस

‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो’, प्रधानमन्त्रीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ ।

sf7df8f}F,& r}tM k|ltlglw;ef a}7s ;ª\3Lo ;+;b\ ejg gofFafg]Zj/df laxLaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuLx? . tl:a/M ls/0f/fh lji6÷/f;;

यसमा तीनै तहका सरकारबिच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’ राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्षित गर्दै ओलीले राजतन्त्रकालमा लादिएको निरङ्कुश तन्त्रलाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

sf7df8f}F,& r}tM k|ltlglw;ef a}7s ;ª\3Lo ;+;b\ ejg gofFafg]Zj/df laxLaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuLx? . tl:a/M ls/0f/fh lji6÷/f;;