२८ भदौ २०८३, आइतबार 1789351005
Banner

सिङ्गापुरविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ- फरवार्ड जिलेस्पी जङ्ग कार्कीको गोलमा नेपालले सिङ्गापुरलाई उसैको घरेलु मैदानमा पहिलो पटक हराएको छ । सिङ्गापुरकै राष्ट्रिय रङ्गशालामा सम्पन्न भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको हो ।

यसअघि चार पटक प्रतिष्पर्धा गरेको भएपनि सिङ्गापुरकै सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि फरवार्ड जिलेस्पीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा नेपालले अन्य अवसरहरू पाएपनि त्यसको सदुपयोग भने गर्न सकेनन्। सिंगापुरले केही राम्रो अवसर निकाले पनि नेपालका कप्तानसमेत रहेका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त भएपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो ।एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपालले त्यसैको तयारी गरिरहेको सिंगापुरसँग मैत्रिपूर्ण खेल खेलको हो । अब नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्नेछ । यो समूहमा भियतनाम र लाओस पनि छन् । शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ ।