२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:13 am
विश्व

चीनलाई थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने अमेरिकाको चेतावनी

सूचना प्रेस २०८१ चैत्र २५ मंगलबार ००:००, ०९:३७ बजे १ मिनेट पढाइ

काठमाडौं, २६ चैत्र । अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

यसअघि गएको शुक्रवार चीनले अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्म शुल्क लगाउने घोषणा गरेको थियो । ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजार समयमा खुल्न सकिरहेको छैन भने विश्वव्यापी रुपमै शेयर बजारमा उथल–पुथल देखिएको छ ।

ट्रम्पले भनेजति थप भन्सार महसुल लागेमा चीनबाट सामान आयात गर्ने केही अमेरिकी कम्पनीले १०४ प्रतिशत करको सामना गर्नु पर्ने देखिन्छ । यसैबीच, पत्रकारहरुसँगको कुराकानीमा ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार महसुल रोक्ने आफ्नो कुनै योजना नरहेको बताउनु भएको छ ।