गोरखा । सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का ३६ वर्षीय उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ९ वर्षअघि नेपालीलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एक बर्ष १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहँदै आएका उनी बुधबार पक्राउ परेका हुन् ।
बिहीबार उनलाई जिल्ला अदालत पठाइएको र अदालतबाट कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । फरार प्रतिवादीहरू पक्राउ गर्न प्रहरी कार्यायले विशेष टोली गठन गरेर परिचालन गरेको पनि उनले जानकारी दिए ।