काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रुपन्देही सैनामैना नगरपालिका ११ का २९ वर्षीय प्रदीप पन्त सो आरोपमा पक्राउ परेका हुन् ।
उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस लेखेका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् । साथै थापाले सामाजिक सञ्जालमा पन्त पारिवारिक र राजनीतिक परिचय खुल्ने कागजात समेत पोष्ट गरेका छन् ।