१ जेष्ठ २०८३, शुक्रबार 1778839437
Banner

एमालेले सात जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

काठमाडौँ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले सचिवालय बैठक ललितपुर, १ वैशाखः ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको एमालको केन्द्रीय सचिवालय बैठक । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

उहाँका अनुसार सम्मान गरिने व्यक्तित्वहरूमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) हुनुहुन्छ । त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक “सेल्टर” सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेता जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने त्यो वेला भूमिगत समयमा नेताहरुले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरुलाई सुरक्षा दिए भन्ने सन्र्दभमा समेटिने जनाइएको छ । उपमहासचिव ज्ञवालीले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति मात्र भएको बताउनुभयो । “अहिले सरकार परिवर्तन न कतैबाट पनि सम्भव, न त कुनै सान्र्दभिकता र न त कुनै औचित्य रहेको छ”, उहाँले भन्नुभयो । उहाँले सरकारले अझ राम्रो काम गर्न जरुरी रहेको बताउनुभयो । “केही कमजोरीलाई आधार बनाएर एक थरिले प्रणाली नै उल्टाउने कोसिस गर्ने र अर्का थरिको ध्यान केवल सरकार परिवर्तनमा जाने ।

एमाले सचिवालय बैठक ललितपुर, १ वैशाखः ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको एमालकोे केन्द्रीय सचिवालय बैठक । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

यी कुरा अस्थिरता निम्त्याउने प्रयत्न हो । यो सफल हुँदैन भन्ने मान्यता पार्टीको रहेको छ”, उहाँले भन्नुभयो । बैठकले लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा बैशाख ११ गते ‘युथ सेलिब्रेशन’ भव्य रूपमा मनाउने निर्णय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराउनुभयो । सो विषयमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।