मोरङ । विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित एक जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।