४ आश्विन २०८१, शुक्रबार 1726841941
पालिका

यसअघि गरेकोे कामको मुल्यांकनका आधारमा मत पाउँछु भन्ने विश्वास छ

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्वर २७ का उम्मेदवार चिनियाँ बज्राचार्य यसअघिपनि वडा अध्यक्ष हुनुहुन्थ्यो । पुनः अध्यक्षका उम्मेदवार उठनुभएका उहाँ आफूलाई यसअघि गरेको विकास निमार्णलाई हेरेर जनताले मत दिने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, यसअघिपनि वडामा रहेर काम गरेको अनुभवका आधारमा आगामी दिनमा अधुँरा रहेका कामलाई पुरा गर्न मैले उमेदवारी दिएको हो । महानगरपालिकाले बजेट दिए अनुसार काठमाडौंको विकास गरेको छु । अब वडामा फेरि दोहोरिन पाए विकास र समृद्धिका बाँकीकाम पुरा गर्ने अठोट छ उहाँले भन्नुभयो ।