१४ जेष्ठ २०८३, बिहिबार 1780001081
Banner

गगन थापाको बेडरुमसम्म भ्रष्टाचारीको पहुँच भएको अमरेशको आरोप

काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाएका छन्। सिंहले थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका हुन्।

केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्म बिचौलियाहरूको पहुँच रहेको टिप्पणी गरेका थिए। त्यसको प्रतिउत्तरस्वरूप सिंहले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘‘कांग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो। आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने? सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भई कैद र जरिवाना भोगिसकेको व्यक्ति उहाँकै बेडरुममा पुग्छ। कांग्रेसले अहिलेसम्म त्यस्ता व्यक्तिलाई हटाउन सकेको छैन। किनभने नेपाली कांग्रेस संविधान, नियम र कानुनको पालनामा असफल देखिन्छ।’’

त्यस्तै, सिंहले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी सञ्चालन भइरहेको आरोप पनि लगाए।