३ जेष्ठ २०८३, आइतबार 1779050664
समाचार

माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।

मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनीमाथि पीडितहरूबाट २४ लाख रकम लिएर फरार भएको आरोप लागेको छ ।