३ जेष्ठ २०८३, आइतबार 1779047221
Banner

आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय

काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ । यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए । शिक्षामन्त्रीसँग पटक पटक गरेको छलफललाई महासंघले आधिकारिक रुपम वार्तामा मानेको थिएन । महासंघले आधिकारक रुपमा निर्णय गर्दै महासंघले अघि सारेका ९ बुँदे प्रस्तावमा सहमति हुने आधारसहित वार्तामा बस्ने निर्णय गरेको हो ।

उनीहरुले महासंघले अघि सारेको ९ बुँदे प्रस्तावको आधारमा सहमति भएको खण्डमा मात्रै आफुले मान्ने प्रष्ट पारेको छ । तर, सरकारले भने मध्यमार्गी बाटो खोज्दै सहमतिको बिन्दुमा गर्न अनुरोध गर्दै आएको छ । महासंघले भने विगतमा सरकारले गरेको सहमति अनुसार ९ बुँदे प्रस्ताव अघि सारिएको जनाएको छ ।

त्यही अनुसार सहमति नभएको खण्डमा आफुहरु सहमति नगर्ने र आन्दोलन नरोकिने चेतावनी दिदै आएका छन् ।