३० असार २०८३, मंगलबार 1784043860
कला/साहित्य

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

काठमाडौं-पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ। भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो।

लामा तथा छोटा गरी २१ वटा कथा संग्रहीत संग्रहको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गर्नुभएको हो।

२४२ पृष्ठको संग्रहमा अधिकांश कथाहरुमा यथार्थपरक र नेपाली समाज भित्रैकै विषयहरु समेटिएको छ। केही कथा भने स्वैरकल्पनाका आधारमा पनि लेखिएको कथाकार झापालीले बताउनुभयो।

विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो पटक संग्रह सार्वजनिक गरिएको उनले जनाए ।
झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चारकर्म गर्दै आएका झापालीका कथा, निवन्ध तथा अन्य रचनाहरु फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।