१ जेष्ठ २०८३, शुक्रबार 1778897788
समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । यसअघि हिजो शनिबार केन्द्रीय सचिवालयको ‘भर्चुअल’ बैठक बसेको थियो ।

आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा भौतिक उपस्थितिमै बैठक बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुने बताइएको छ ।