११ जेष्ठ २०८३, सोमबार 1779764699
राजनीति

रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधाघण्टा स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक आघा घण्टाका लागि स्थगित भएके छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।