४ आश्विन २०८१, शुक्रबार 1726855824
Banner

काठमाडौं महानगरमा ६० ठाउँको मतपेटिका बुझन बाँकी, त्यसपछि सर्वदलिय बैठक अनिमात्रै मतगणना

काठमाडौं । काठमाडौं महानगरपालिकामा अझै ६० स्थानको मतपेटिका बुझन बाँकी रहेको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार ५०/६० स्थानको मतपेटिका बुझन बाँकी रहेकाले मतगणनाको कार्यपनि ढिलो हुने बताउनुभयो । उहाँका अनुसार राती १२ बजेसम्म मतपेटिका बुझिसक्ने र त्यसपछि सर्वदलिय बैठक बसेर छलफल हुने अनिमात्रै मतगणनाको प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

सुरुआतमा बैठक ९ बजे बस्ने भने पनि मतपेटिका बुझने क्रम नसकिएकाले मतगणनाको कार्य ढिलो भएको उहाँले बताउनुभयो ।