९ आश्विन २०८३, शुक्रबार 1790357078
Banner

तातो रक्सीले पोलेर सर्लाहीमा बालकको मृत्यू

दुर्घटनामा बालककी आमा घाइते हुनुभएको छ ।
हरिवन नगरपालिका- ८ बेताली निवासी मैया गुर्मछानका डेढ वर्षीय छोरोको तातो रक्सीमा डुबेर मृत्यु भएको हो।

शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा परेका थिए। बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल लगिएको थियो।

नमूनामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा दक्षिणकाली पुगेपछि बालकको मृत्यु भएको हो।
छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पालेको छ। उहाँको हातमा रक्सीले पोल्दा गहिरो चोट लागेको छ।