२७ भदौ २०८३, शनिबार 1789271722
Banner

पर्साबाट ठुलो परिमाणाममा लागुऔषध बरामद

असार १२ गते। जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ। सिर्सिया प्रहरी चौकीको टोलीले बिहीबार काठमाडौँबाट वीरगञ्ज आइरहेको एक मालवाहक ट्रकबाट तीन सय १९ किलो लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। 

विशेष सूचनाको आधारमा काठमाडौँबाट वीरगञ्ज आइरहेको प्रदेश २–०३–००१ ख ६३४८ को ट्रकको पछिल्लो भागमा प्लास्टिकमा बेरीएको १३ वटा पोकाबाट तीन सय १९ किलो लागुऔषध  बरामद गरेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो।

प्रहरीले ट्रकका चालक मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर १२ बस्ने ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।