काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी) लाई दुई वर्ष बनाउनु व्यावहारिक र आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
ईसीडीलाई बाहिर राखेर अरू शिक्षा बनाउने कुरा वाइयात भएको उनको भनाइ छ । खर्च छैन भने अनाश्यक खर्च कटौती गरेर भए पनि ईसीडीलाई दुई वर्षको बनाउनु पर्ने उनको सुझाव छ । उनले भने, ‘महँगो गाडी खरिद कटौती गर्नुपर्छ । ईसीडी नबनाएसम्म समाज रुपान्तरण हुँदैन । मन्त्री पिच्छे कुरा फेरिँदैन । उपसमितिले जे निर्णय गरेको छ त्यो स्वागतयोग्य छ ।
यसलाई केही नगरी पारित गर्नुपर्छ । सदनमा पनि मान्ने वाला छैन ।’ नेकपा एमालेकी सांसद सरिता भुषालले पनि ईसीडीलाई दुई वर्ष नै बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘दुई वर्ष नै चाहिन्छ । एक वर्षले हुँदैन । सबै बालबालिकालाई समान अवधि हुने गरी दुई वर्ष नै हुनुपर्छ


