२४ भदौ २०८३, बुधबार 1789008676
Banner

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने

काठमाडौं, १८ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहनेछ ।

सोमबारदेखि जारी बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साढे १२ बजेदेखि सुरु हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरु रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सितादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको पौडेलले जानकारी दिएका छन् ।