काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी यूपीआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । कम्पनीमा अनुसार यो छुट पाउँन एससीटी यूपीआइ कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । एससीटीले यस अघि बिगमार्टमै स्मार्ट बुधबार अफर दिदै आएको थियो । जसमा एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससीटी यूपीआइ कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउँथे । सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुने कम्पनीले जनाएको छ । यो छुट एससीटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी यूपीआइ कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी यूपीआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी यूपीआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


