१ भदौ २०८३, सोमबार 1786982148
समाचार

जाजरकोटमा भिरबाट खसेको ढुंगाले लाग्दा सुतिरहेका १४ र १८ वर्षीया किशोरीको मृत्यु

काठमाडौँ : जाजरकोटमा सुरिहेको ठाउँमा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। कुशे गाउँपालिका–३ तर्पेनाका नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा र र १४ वर्षीया चमेली बुढाको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति साढे नौ बजेतिर टहरामा सुतिरहेका बेला भिरमाथिबाट पहिराेसँगै खसेको ठूलो ढुंगा टहरोमा बजारिँदा एकैठाउँमा सुतिरहेका दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

उनीहरु बाख्रा हेरचाहको लागि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेका बेला घटना भएको हो। ढुंगाले लाग्दा चमेलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ढुंगाले लागेर गम्भीर घाइते भएकी शर्मिलालाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।