११ श्रावण २०८३, सोमबार 1785135791
Banner

दुई प्रहरीसहित रसुवा बाढीमा १५ जना बेपत्ता, सयौ इभी गाडी बगेको आशंका

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन्।

आज बिहान भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवा प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारीका अनुसारबेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना ड्राइभर रहेका छन्।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ।​ स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन्।