२३ भदौ २०८३, मंगलबार 1788852880
Banner

त्रिशूलीमा फसेका दुईजनाको सेनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ। बिदुर नगरपालिका–१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदुर नपा (१ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको सकुशल उद्धार भएको हो। उनीहरु एकाबिहानै नदीमा दाउरा संकलन गर्न पुगेका थिए। तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु फकेका हुन्। बिचमा परेपछि केहि समय रुख चढेर बसेका थिए।

चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आएको हो। बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ।