२३ भदौ २०८३, मंगलबार 1788852810
Banner

डुबेर दिदीबहिनीको मृत्यु

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ। नुहाउने क्रममा आज बिहान उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।

दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनीहरु डुबेका थिए। दुवैलाई उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।